रौतहटमा लकडाउनको अवज्ञा भएपछि ‘सटडाउन’
टुडेपाटी-
रौतहट, चैत १७ गते ।
नोवेल कोरोना भाइरस संक्रमण रोक्न सरकारले २५ चैत सम्म लगाएको लकडाउनमा पनि जनता बाहिर निस्केर हिँड्न थालेपछि रौतहटमा सटडाउन लागू गरेको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटले आइतबारदेखि सटडाउन जारी गरेको हो ।
लकडाउनमा स्थानीयबासी बाहिर हिँडडुल गर्न थालेपछि प्रशासनले सटडाउन लगाएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए । सटडाउन लगाएपछि अहिले सदरमुकाम गौर ठप्प छ । अनिश्चतकालका लागि आइतबारबाट सटडाउन लागू गरिएको सीडीओ घिमिरेले जानकारी दिए ।
उनले भने सट डाउनमा औषधि पसलबाहेक सबै पसल बन्द रहने छ । यता लकडाउन भएपछि हालसम्म रौतहटको विभिन्न क्वारेन्टाइनमा ७६ जना बसेका छन् । कोरोना भाइरसको संक्रमण हुन सक्ने बताउँदै विदेशबाट र भारतबाट आएका ब्यक्तिहरु क्वारेन्टाइनमा बसेका प्रमुख जिल्ला अधिकारी घिमिरेको भनाइ छ ।
Sponsored