TodayPati

शहीदनगरमा कोरोना नियन्त्रणकालागि स्वास्थ्यकर्मीलाई विशेष प्याकेज घोषणा

टुडेपाटी-
जनकपुरधाम, चैत १७ गते ।

कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामकालागि खटिने स्वास्थ्यकर्मीहरुकालागि धनुषाको शहीद नगर नगरपालिकाले विशेष प्याकेजको व्यवस्था गरेको छ ।

कोरोना भाइरस लक्षित उपचार तथा व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मीलाई नगरपालिकाले विशेष प्याकेजको घोषणा गरेको हो ।

Sponsored

नगरपालिकास्तरीय गठित नोवेल कोरोना भाइरस लक्षित समन्वय समितीले कोरोना भाइरस समबन्धी उपचारमा खटिने स्वास्थ्यकर्मीलाई प्रोत्साहन स्वरुप दैनिक पाँच सय भत्ता र कोरोना संक्रमणबाट स्वास्थयकर्मीको मृत्यु भए तीनका परिवारलाई १० लाख रुपैँया उपलब्ध गराउने निर्णय गरेको हो ।

नगर प्रमुख तथा समितीका संयोजक उदय कुमार बरबरीयाको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरस संक्रमित शंकास्पद व्यक्तिहरुलाई क्वारेन्टाइन तथा प्रादेशिक अस्पताल जनकपुरसम्म ल्याउन पुर्याउन निः शुल्क एम्बुलेन्स उपलब्ध गराउने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्द कुमार झाले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *