घोरासैनी हत्या प्रकरण : सुपारी दिएर हत्या गर्ने मुख्य योजनाकार डिलप्रसाद पक्राउ
टुडेपाटी-
रौतहट, असोज १९ गते ।
रौतहटमा आफ्नै छिमेकीको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा मुख्य योजनाकार भनिएका सहदेव भन्ने डिलप्रसाद बोलखे रहेका छन् ।
वर्षौं पुरानो रिसिवीको कारण सुपारी दिएर हत्या गर्ने बोलखेलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी लिलिराज लामिछानेले जानकारी दिए ।
गत भदौ २६ गते चन्द्रपुर नगरपालिका वडा नम्बर ३ गैडाटारमा ५० वर्षिय रोहिणीप्रसाद घोरासैनीलाई अज्ञात समूहले हत्या गरेर रुखमा झुण्ड्याइको थियो । घटनाको अनुसन्धानको क्रममा चन्द्रपुर ३ गैंडाटार घरभई हाल वडा ४ कप्तान बस्ने ३८ वर्षिय बोलखेलाई पक्राउ गर्न सफल भएको डीएसपी लामिछानेले बताए ।
बोलखेले चन्द्रपुर ३ गैडाटार बस्ने ४५ वर्षिय प्रल्हाल फुयाँलको सहयोगमा सिन्धुली पिपलमाडी गाविस ९ घर भई हाल पर्साको पर्सागढी नगरपालिका ३ सृजनाटोल बस्ने २४ वर्षिय रमेश पहरी र नवलपरासी पूर्व कावासोती नगरपालिका ८ बस्ने २३ वर्षीय सूर्यबहादुर भण्डारीलाई ३ लाख रुपैयाँमा सुपारी दिएर घोरासैनीको हत्या गर्न लगाएको उनको भनाइ छ ।
गत असोज ११ गते ३ प्रहरीले जनालाई पक्राउ गरेर सार्वजनिक गरिसकेको छ भने सो समय बोलखे फरार रहेका थिए । डीएसपी लिलाराज लामिछानेका अनुसार बोलखेलाई गत १७ गते आइतबार काठमाडौँको दरबारमार्ग क्षेत्रबाट पक्राउ गरिएको थियो । जिल्ला अदालत गौरबाट ६ दिनको म्याद थमाई बोलखेलाई हिरासतमा राखी अनुसन्धान गरिरहेको रौतहट प्रहरीले जानकारी दिएको छ ।
Sponsored