TodayPati

बारामा बाल्टीमा राखिएको पानीमा डुबेर बालिकाको ज्यान गयो

टुडेपाटी-
बारा, असोज १९ गते ।

बारामा बाल्टीमा राखिएको पानीमा डुबेर २ वर्षीया बालिकाको ज्यान गएको छ ।

बाराको कलैयामा उपमहानगरपालिका–२० बसन्तपुर टोल निवासी मैनोदिन मियाँकी दुई वर्षीया छोरी आयशा खातुनको बाल्टीमा डुबेर मृत्यु भएको हो ।

Sponsored

बाल्टीनको पानीमा डुबेको अवस्थामा आमाले देखेर उद्धार गरेकी थिइन् । बालिकालाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

मृत बालिकाको शव पोष्टमार्टमका लागि कलैया अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *