सिरहामा ‘लक्की ड्र’ मार्फत चिठ्ठा परेको समान छुटाउन ८ लाख बढी रकम ठग्ने दास पक्राउ
टुडेपाटी-
जनकपुरधाम, असोज १८ गते ।
सिरहामा चिठ्ठा परेको भन्दै अनलाइन मार्फत लाखौं रुपैयाँ ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहा नगरपालिका वडा नं. ०८ बस्ने ३४ वर्षीय दिपेन्द्र दास रहेका छन् ।
दासले इमो,भाइबर,ह्वाट्सएप तथा म्यासेन्जर जस्ता विभिन्न सामाजिक सञ्जालबाट सम्पर्क गर्दै ‘लक्की ड्र’ मार्फत चिठ्ठा परेको भनेर पैसा ठग्ने गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।
उक्त चिठ्ठा परेको सामाग्री तथा पैसा भन्सारबाट छुटाउन कर लाग्छ भनेर बैंकको खाता नम्बर दिई रकम जम्मा गर्न लगाई रु. ८ लाख ६५ हजार ठगी गरेको डीएसपी बुढाथोकीले बताए । घटनाबारे थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
Sponsored