गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत्त महिला कर्मचारी आफ्नै कोठामा मृत फेला
टुडेपाटी-
सप्तरी, असोज १९ गते ।
सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत्त एक महिला कर्मचारी आफ्नै कोठामा मृत फेला परेका छन् ।
कम्प्युटर अपरेटर पदमा कार्यरत सप्तरीको राजविराज नगरपालिका–२ की २६ वर्षीया रुवीकुमारी साफी आफ्नै कोठामा झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन् ।
एक वर्षअघि रुवीका पति अस्पतालको फार्मेसीमा कार्यरत राजन साफीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो।
फार्मेसीमा कार्यरत पतिको मृत्यु भएपछि अस्पतालले रुवीलाई कम्प्युटर अपरेटर पदमा जागिरसमेत दिएको थियो।
स्थानीयवासीका अनुसार सासू र देवरले रुवीको तलब हात पार्न निकै प्रयास गरेपछि उनी घरेलु हिंसामा परेकी थिइन्। रूवी र राजनका दुई छोराछोरी छन्।
Sponsored
घरझगडा सहन नसकेपछि आत्महत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेको भनाइ छ ।