TodayPati

प्रदेश २ : लोकसेवा आयोगले बुझाए प्रदेश प्रमुख समक्ष दोस्रो वार्षिक प्रतिवेदन

टुडेपाटी-
जनकपुरधाम, असोज १८ गते ।

प्रदेश २ लोकसेवा आयोगले प्रदेश प्रमुख हरिशंकर मिश्र समक्ष दोस्रो वार्षिक प्रतिवेदन पेस गरेका छन् । सोमबार आयोगका अध्यक्ष सुरेन्द्र प्रसाद यादवले प्रदेश प्रमुख मिश्रलाई सो प्रतिवेदन बुझाएको हो ।

आयोगले गत वर्ष बढुवा, अन्तर सेवा तथा खुला र समावेशी गरी कुल १ सय ६५ विज्ञापनबाट २ सय ७२ पदका लागि विज्ञापन प्रकाशित गरेको थियो । जसमा बढुवातर्फ १ सय १३, अन्तरसेवातर्फ १४, खुलातर्फ ९५ र समावेशी समूहतर्फ ५० पदका लागि विज्ञापन गरेको आयोगको प्रतिवेदनमा उल्लेख छ । 

Sponsored

आयोगले कर्मचारीको अभाव भए पनि गत वर्ष विभिन्न सेवा र तहका लागि ८५ वटा पाठ्यक्रम निर्माण गरेको आयोगका अध्यक्ष यादवले जानकारी दिए । उनले आयोगमा प्रदेश सरकारबाट २१ जनाको अस्थायी दरबन्दी रहेकोमा हाल काजमा ६ जना र करारका ५ जना कर्मचारीले मात्र कार्यसम्पादन गरिरहेको बताए । 

यस अवधिमा ८५ वटा पाठ्यक्रमको निर्माण गरिएको छ ।

आयोगले गत वर्षको फागुन २२ र २९ गते सञ्चालन गरेको अधिकृत सातौँ तह इन्जिनियरिङ सेवाको परीक्षाका लागि २ हजार ३४८ जनाले फारम भरेकोमा १ हजार ९६ जना परीक्षार्थी सहभागी भएको प्रतिवेदनमा भनिएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *