TodayPati

हरिवन नगरपालिकाले गरे प्रकोप व्यवस्थापन कोष स्थापना

टुडेपाटी-

सर्लाही, चैत १७ गते ।

सर्लाहीको हरिवन नगरपालिकाले प्रकोप व्यवस्थापन कोष स्थापना गरेको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमणविरुद्ध लड्न कोषको स्थापन गरेको हो ।

Sponsored

विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण फैलिन नदिन तथा संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रकोप व्यवस्थापन कोष स्थापना गरिएको हरिवन नगरपालिकाका मेयर गणेश प्रसाइँले बताए ।

कोषमा मेयर प्रसाइँ र उपमेयर रेनुका पौडेलले ५०/५० हजार रुपैयाँ सहयोग गरेका छन् ।

त्यसैगरी, हरिवन नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिले एक एक महिनाको पारिश्रमिक र कर्मचारीहरुले एक दिन बराबरको पारिश्रमिक जम्मा गर्ने मेयर प्रसाइँले जानकारी दिए ।

Sponsored

नगरपालिकाले कोषमा स्वइच्छाले रकम जम्मा गर्न पनि हरिवनवासीलाई आह्वान गरेको बताइएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *