TodayPati

कोरोना संक्रमणबाट सबैभन्दा बढी मर्ने यी १० मुलुक, गएको २४ घन्टामा सबैभन्दा बढी स्पेनमा ८२१ को मृत्यु

टुडेपाटी-

जनकपुरधाम, चैत १७ गते ।

विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट अहिलेसम्म सबैभन्दा धेरै ज्यान गुमाउने विश्वका १० मुलुकमा क्रमशः इटाली, स्पेन, चीन, फ्रान्स, इरान, अमेरिका, युके, नेदरल्यान्ड, जर्मनी र बेल्जियम बनेका छन् ।

Sponsored

गएको २४ घन्टामा सबैभन्दा बढी स्पेनमा ८ सय २१ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

त्यहाँ हिजो एकै दिन झण्डै सात हजार नयाँ संक्रमित थपिएका छन् । स्पेनमा अहिलेसम्म ६८ सय ३० जनाको मृत्यु भइसकेको छ ।

आइतबार इटालीमा कोरोना संक्रमणबाट ७ सय ६५ जनाले ज्यान गुमाएका छन् । त्यहाँ अहिलेसम्म १० हजार सात सय ७९ जनाको मृत्यु भइसकेको छ। ९७ हजार ६ सय ८९ जना संक्रमित भएका छन् ।

Sponsored

अमेरिकामा आइतबार कोरोना संक्रमणबाट २ सय ५५ जनाले ज्यान गुमाएका छन् ।

त्यहाँ अहिलेसम्म २४ सय ७५ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ । संक्रमितको संख्या एक लाख ४१ हजार ८ सय ५४ पुगेको छ। यो संख्या विश्वमा सबैभन्दा बढी हो ।

फ्रान्समा आइतबार कोरोना संक्रमणबाट २ सय ९२ जनाले ज्यान गुमाएका छन् ।

त्यहाँ २५ सय ९९ जना नयाँ संक्रमित थपिएका छन् । फ्रान्समा अहिलेसम्म २६ सय ६ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ भने संक्रमितको संख्या ४० हजार नाघेको छ ।

त्यसैगरी युकेमा आइतबार २०९ जनाले ज्यान गुमाएका छन् । त्यहाँ अहिलेसम्म मृतकको संख्या १२ सय २८ पुगेको छ ।

संक्रमितको संख्या १९ हजार नाघेको छ । हिजो एकैदिन त्यहाँ २४ सय ३३ जना नयाँ संक्रमित फेला परेका छन् ।

जर्मनीमा आइतबार एकैदिन कोरोना संक्रमणबाट १०८ जनाले ज्यान गुमाएका छन् । त्यहाँ संक्रमितको संख्या ६२ हजार नाघेको छ ।

इरानमा कोरोना संक्रमणबाट आइतबार १ सय २३ जनाको मृत्यु भएको छ । त्यहाँ अहिलेसम्म २६ सय ४० जनाको मृत्यु भइसकेको छ। संक्रमितको संख्या ३८ हजार नाघेको छ ।

त्यसैगरी नेदरल्यान्डमा आइतबार कोरोना संक्रमणबाट १ सय ३२ जनाले ज्यान गुमाएका छन् ।

त्यहाँ हिजो एकै दिन ११ सय ४ जना नयाँ संक्रमित थपिएका छन् ।

नेदरल्यान्डमा संक्रमितको संख्या करिब नौ हजार पुगेको छ भने मृतकको संख्या ७७१ पुगेको छ ।

त्यसैगरी बेल्जियममा आइतबार ७८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । अहिलेसम्म त्यहाँ ४३१ जनाको मृत्यु भइसकेको छ ।

संक्रमण नियन्त्रण हुँदै गएको चीनमा यसको संक्रमणबाट अहिलेसम्म ३३ सयले ज्यान गुमाइसकेका छन् ।

अहिलेसम्म विश्वका एक सय ९५ भन्दा बढी देशमा यसको संक्रमण फैलिइसकेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *