TodayPati

धुलो उडेको भन्दै बर्दिबास-जलेश्वर सडक खण्डमा चक्काजाम

टुडेपाटी-
महोत्तरी, असोज १० गते ।

समयमै निर्माण नसकेको भन्दै महोत्तरीको औरही बजारमा स्थानीयले बर्दिबास-जलेश्वर सडकखण्ड अवरुद्ध गरेका छन् ।

बिगत तीन वर्षदेखि निर्माणाधिन सो सडकमा गाडी आजाउ गर्दा धुलो उडेर सास्ती व्यहोर्नु परेको भन्दै शनिबार स्थानीयबासिन्दाले क्का जाम गरेका हुन् ।

Sponsored

ठेकेदार कम्पनीले चाँडै निर्माण सम्पन्न गर्नु पर्ने, निर्माण अवधि भर धुलो नउड्न दिनहुँ पानी पटाउनु पर्ने स्थानीयबासिन्दाको माग छ ।

No description available.

चक्काजामो कारण बर्दिवास जलेश्वर सडकखण्डमा एक्का बिहानैदेखि यातायात प्रभावित भएको छ ।

सडकबाट उडेको धुलोले बालबालिका बिरमी पर्न थालेको र खान बस्न गाह्रो भएको स्थानीय रामबिनेश यादवले गुनासो गरे ।
सम्बन्धित निकायले कुनै चाँसो नलिँदा बाध्य भएर आन्दोलनमा उत्रिनु परेको स्थानीयले बताएका छन् ।

Sponsored

No description available.

सडक सुधार तथा विस्तार आयोजना (आरआईडिपी)ले सन् २०१८ सालको डिसेम्वर अन्तिममा शिवालय दिवा जेभी नामक कम्पनीलाई उक्त सडक निर्माणको लागि ठेक्का दिइएको थियो ।

तर, कम्पनीले सडक निर्माण अवधि ३६ महिना मध्ये ३३ महिना कटाई सक्दा समेत हालसम्म करिब २२ प्रतिशत काम मात्र गर्न सकेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *