विष्णुपुर गाउँपालिकाको कार्यालय प्रयोजन समान खरिदमा १ करोड बढी अनियमितता
टुडेपाटी-
सिरहा, असोज १० गते ।
सिरहाको विष्णुपुर गाउँपालिकामा कानुन विपरीत कार्यालय प्रयोजनको समान खरिदमा एक करोड बढी अनियमितता भएको पाइएको छ ।
महालेखापरीक्षक कार्यालयले सर्वाजनिक गरेको २०७८ को ५८ औं प्रतिवेदनमा विष्णुपुर गाउँपालिकाले एक वर्षको अवधिमा नियम विपरीत मेसिनरी, फर्निचर तथा कार्यालय प्रयोजनको लागि विभिन्न व्यक्ति तथा संस्थासंग १ करोड २ लाख ९ हजार २८ रुपैयाँको समान खरिद गरेको पाइएको छ ।
सार्वजनिक खरिद ऐन,२०६३ को दफा ८ बमोजिम प्रतिष्पर्धा सिमित नहुने गरी खरिद गर्नूपर्ने व्यवस्था छ । ५ लाख भन्दा माथि २० लाख रुपैयाँसम्म सिलबन्दी दर भाउपत्रबाट र सो भन्दा माथि बोलपत्रको माध्यमबाट खरिद गर्ने व्यवस्था छ ।
सोझै खरिद कार्य गर्दा एक आर्थिक वर्षमा सीमा भन्दा बढी खरिद गर्न नहुने एवं एउटा आपूर्तिकर्तासंग एकपटक भन्दा बढी खरिद गर्न नहुने उल्लेख छ ।
तर, विष्णुपुर गाउँपालिकाले आर्थिक वर्ष २०७६।०७७ मा पूँजीगत तथा चालु किसिमका वस्तु व सेवा खरिद गर्दा प्रतिष्पर्धा विधि पालना नगरि पटक पटक सोझै एक करोड, २ लाख ९ हजार २८ रुपैयाँको खरिद गरेकोले अनियमितता देखिएको महालेखापरीक्षको प्रतिवेदनमा भनेको छ । उक्त रकम महालेखापरीक्षकले बेरुजु ठहर्याएको छ ।
Sponsored
विष्णुपुर गाउँपालिकाले कुन संस्थाबाट, कुन समान कतिको खरिद गरेको छ ? यस्ते छ विवरण :