TodayPati

धनुषाको लक्ष्मीनिया गाउँपालिकाले एउटा एसएमएस पठाउन २७ हजार बढी खर्चेको खुलासा

टुडेपाटी-
जनकपुरधाम, असोज ८ गते ।

जिल्लाको लक्ष्मीनिया गाउँपालिकाले एउटा एसएमएस पठाउन २७ हजार बढी रकम खर्च गरेको खुलासा भएको छ ।

गाउँपालिकाले ०७६।७७ मा सफ्टवेयर खरिदबापत ९ लाख ८५ हजार ३ सय ६० रुपैयाँ खर्च गरेको छ । सफ्टवेयरमध्ये ग्रुप एसएमएस पठाउन गाउँपालिकाले ४ लाख ९३ हजार ८ सय १० रुपैयाँ खर्चेको छ ।

Sponsored

तर, सो सफ्टवेयरबाट १८ जनालाई मात्र एसएमएस गरिएको पाइएको महालेखापरीक्षकले सार्वजनिक गरेको २०७८ को प्रतिवेदनमा पाइएको छ ।

यसरी गाउँपालिकाले एउटा एसएमएस पठाउनका लागि २७ हजार ४ सय ३४ रुपैयाँ खर्चेको हो। प्रतिवेदनअनुसार पालिकाले सफ्टवेयरमा लाखौँ खर्च गरे पनि काम मेनुअलमै भएको पाइएको हो ।

सार्वजनिक खरिद नियमावली २०६४ को नियम ७२(२) बमोजिम सार्वजनिक निकायले २० लाख रुपैयाँसमम्मको लागत अनुमान भएको परामर्श सेवा ऐनको दफा ६(क) बमोजिम मौजुदा सूचीमा रहेका सम्भव भएसम्म ६ र कम्तीमा ३ वटा परामर्शदाताबाट लिखित रूपमा प्राविधिक र आर्थिक प्रस्ताव माग गरी खरिद गर्न सकिने व्यवस्था छ।

Sponsored

गाउँपालिका जिन्सी व्यवस्थापन, मोबाइल एप्स, ग्रुप एसएमएस तथा योजनाको कामका लागि सफ्टवेयर जडान गर्न ३ फर्मबाट दररेट माग गरी जिन्सी व्यवस्थापन र मोबाइल एप्सबापत जुपिटर टेक्नोलोजीलाई ४ लाख ९१ हजार ५५० र योजना र ग्रुप एसएमएसबापत सिटिजन्स इन्फोटेक्सलाई ४ लाख ९३ हजार ८ सय १० रुपैयाँ भुक्तानी दिएको छ।

गाउँपालिकाले खरिद गरेका ग्रुप एसएमएस सफ्टवेयरमा २१ जनाको सम्पर्क नम्बर समावेश भएको र १८ वटा एसएमएस पठाइएको प्रतिवेदनमा उल्लेख छ। उक्त सफ्टवेयर अहिले बन्द अवस्थामा छ।

महालेखापरीक्षकको प्रतिवेदनले सामान्य मोबाइल प्रयोग गरी गर्न सकिने ग्रुप एसएमएसका लागि सफ्टवेयर जडान गर्नुको औचित्य नरहेको उल्लेख गरेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *