टुडेपाटी-
जनकपुरधाम, असोज ८ गते ।
धनुषाको विदेह नगरपालिकाका कृषि अधिकृत चन्देश्वर ठाकुरमाथि कार्यालयमै कु’टपिट भएको छ । मेयर बेचनदासको प्रत्यक्ष निर्देशनमा आफुमाथि कु’टपिट तथा दुव्यवहार भएको अधिकृत ठाकुरले आरोप लगाएका छन् ।
शुक्रबार दिउँसो साढे २ बजेको समयमा मेयरका लठैत वडा नं. ३ बस्ने सत्रुधन राय आफुलाई कार्यालयमै आएर गालीगलौज गर्दै पिठ्युमा एक लात र गालामा एक झापड हिर्काएको अधिकृत ठाकुरले बताए ।
कृषि शाखा मार्फत नगरपालिका भित्र भएको विभिन्न कृषि कार्यक्रमको मेयर दासले १२ लाख रुपैयाँ कमिसन मागेको र सो नदिएको निहुँमा कु’टपिट गराएको अधिकृत ठाकुरले आरोप लगाए ।

उनले आफुलाई कु’टपिट गराउनुमा नगरपालिकाका निमित प्रशासकीय अधिकृत संजिव साहको समेत संलग्नता रहेको बताए । कु’टपिट लगतै प्रशासकीय अधिकृत कहाँ जानकारी दिन जाँदा उल्टै किन घटना गराएको भनेर प्रश्न गरेको र त्यहाँ मेयर दास स्वयम आएर अभद्र गालीगलौज गरेको अधिकृत ठाकुरले आरोप लगाए ।
‘ममाथि कु’टपिट भयो । हाकिम साहबे कहाँ जानकारी दिन गएँ । उल्टै ममाथि किन घटना गराएको भन्नु भयो । त्यहाँ मेयर साहेब आएर मलाई गाली गर्दै तेरो बाउ हु म, मैले भनेको नमान्ने ? तलाई कसैले बचाउन सक्दैन । भनेर गालीगलौज गर्नुभयो ।’ अधिकृत ठाकुरले टुडेपाटीसंग भने ‘मेयर साहेबले कृषिमा भएको विभिन्न कार्यक्रमको मसंग १२ लाख रुपौयाँ कमिसन माग्दै हुनहुन्थ्यो । म कहाँबाट कमिसन दिनु । त्यहि निहुमा ममाथि मेयरले लठैत भिराएर कुटपिट र आफै स्वयम्ले पनि गालीगलौज गर्नुभयो ।’
अधिकृत ठाकुरले एक महिना अघि मेयरका भाई लखन दासले १० वटा बाख्रा वितरण गरी सयवटाको भुक्तानी लिएको सूचना पत्रकारलाई दिएको निहुमा मेयरले राखेका थिए । सो जानकारी दिएको बेलादेखि अधिकृतमाथि मेयर तम्सीएको ‘कु’टपिट गराएको वडा नं. ४ का वडाध्यक्ष विनोद गोहितमान ले बताए ।
मेयर दासले जनताको काम नगरेकाले जनताल घेरा हालेको बताउँदै केहि कुरा जानकारी लिनुपरे नगरपालिकामा आएर बुझ्नु भन्दै उल्टै मिडियामाथि जंगिए ।
झण्डै दुईसाता अघि मात्रै जनकपुरमा एक महिलासंग दुव्र्यहार गरको भन्दै मेयर दासमाथि कु’टपिट भएको थियो । त्यस अघि नगरपालिका कार्यालयमै एक कार्यालय सहयोगीसंग मालिस गराएको तस्बीर सार्वजनिक भएपछि उनको चर्को आलोचना भएको थियो ।