चर्चित मिथिला चित्रकार अजित साह ‘प्रवल जनसेवा श्री पदक’ पुरस्कारका लागि छनौट
टुडेपाटी-
जनकपुरधाम, असोज ८ गते ।
मिथिला क्षेत्रका चर्चित मैथिली चित्रकार अजित साह नेपाल सरकारको ‘प्रवल जनसेवा श्री पदक’ पुरस्कारका लागि छनोट भएका छन् ।
संविधान दिवसको अवसर पारेर नेपाल सरकारले २०७८ मा विभिन्न क्षेत्रमा योगदान दिएका हस्तीहरुलाई प्रदान गर्न घोषणा गरेको विभिन्न विभूषित पदकामा जनकपुरका मैथिली चित्रकलाका चचिर्तत कलाकार अजित साह पनि छनोट भएका हुन् ।
सो पदक राष्ट्रपति भवन शितल निवासमा एकसमारोह आयोजन गरी वितरण गरिने छ ।
‘प्रवल जनसेवा श्री पदक’ पदकका लागि छनोट भएका चित्रकार साह बिगत ३५ वर्षदेखि मिथिला पेन्टिंग (चित्रकला) मा सक्रिय छन् ।
उनी यसअघि नेपाल सरकारकै मिथिला रत्न, राष्ट्रिय प्रतिभा पुरस्कार, दुइपटक उत्कृष्ट उद्यमी पुरस्कार, लोककला राष्ट्रिय प्रतिभा पुरस्कारसहित दर्जनौं पुरस्कारबाट सम्मानित भइसकेका छन् ।
Sponsored