TodayPati

बलवा नगरपालिकाका मेयर उपमेयर लगायतले एक वर्षमै इन्धनमा गरे ४९ लाख स्वाहा

टुडेपाटी-
जनकपुरधाम, असोज ८ गते ।

महोत्तरीको बलवा नगरपालिकाले नियम विपरीत एकवर्षमै इन्धनमा झण्डै ४९ लाख रुपैयाँ खर्च गरेको खुलेको छ ।

नगरपालिका मेयर विनोद यादव र उपमेयर रिता देवी झा लगायत जनप्रतिनिधि र कर्मचारीहरुले आर्थिक वर्ष २०७६।०७७ मा मनपरी ४८ लाख ८५ हजार ४९० रुपैयाँको इन्धन खर्चेको महालेखारीक्षकको प्रतिवेदन २०७८ मा उल्लेख छ ।

Sponsored

प्रदेश २ का स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधा सम्बन्धि ऐन २०७५ को दफा ५ मा प्रमुख, उपप्रमुख र वडाध्यक्षलाई सवारीसाधन उपलब्ध गराएकोमा सभाले तोके बमोजिम इन्धन र मोबिल उपलब्ध गराउनु पर्दछ ।

तर, बलवा नगरपालिकाले तेश्रो नगरसभाबाट वडाध्यक्षहरुलाई प्रति महिना ३० लि. कार्यापालिका सदस्यहरुलाई २० लि. ८ नगरसभा सदस्यहरुलाई प्रति महिना १० लिटरका दरले इन्धन उपलब्ध गराउने निर्णय गरेको थियो ।

नगरपालिकाले यस वर्ष राजश्व बाँडफँड शीर्षक अन्तर्गत इन्धन पदाधिकारी १८ लाख रुपैयाँ, इन्धन कार्यालय प्रयोजन १८ लाख र अन्य इन्धन प्रयोजन २५ लाख रुपैयाँ बजेट बिनियोजन गरी जम्मा ४८ लाख ८५ हजार ४९० खर्च लेखेको प्रतिवेदनमा छ ।

Sponsored

पदाधिकारी तथा कर्मचारीले प्रयोग गरेको स्पष्ट गरी लगबुकमा सवारी नम्बर, सवारी चढ्ने पदाधिकारीको नाम, मिति लगायतका विवरणहरु खुलाई लगबुक व्यवस्थित गरी अभिलेख राख्नु पर्नेमा सो कार्य नगरपालिकाले नगरेको पाइएको छ ।

नेपाल सरकारले निर्धारण गरेको इन्धन खर्चको मासिक सुविधाको कोटा तय गरी पदाधिकारी तथा कर्मचारीलाई इन्धन सुविधा दिने मापदण्ड बनाइ इन्धनमा भएको अत्यधिक खर्चमा नियन्त्रण गर्न महालेखपरीक्षकले भनेको छ । इन्धन खर्चको बापत खपत स्थिति खुलाई प्रमाण पेश गर्न पनि ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *