धनुषा चेम्बर अफ कमर्सले प्रहरीलाई दियो २५ सय मास्क
टुडेपाटी-
जनकपुरधाम,१६ चैत १६ गते ।
धनुषा चेम्बर अफ कमर्सले कोरोना रोकथामम खट्ने धनुषाका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई मास्क वित्तरण गरेको छ ।
कमर्सका उपाध्यक्ष तथा मस्क व्यवस्थापन समितिका संयोजक सलामत राईनको नेतृत्वमा धनुषाका नेपाल प्रहरीलाई १ हजार र सशस्त्र प्रहरीलाई १ हजार ५ सय गरि २ हजार ५ सय मास्क वित्तरण गरिएको हो ।
आईतवार कमर्सका अध्यक्ष विजय साह, कमर्सका प्रदेश २ का अध्यक्ष पवन ठाकुरसहितको रोहबरमा मास्क वित्तरण गरिएको छ ।