नक्कली नेपाली नोट छाप्ने बारा र रौतहटका पाँच युवक प्रहरीको फन्दामा
टुडेपाटी-
बारा, भदौ २७ गते ।
नक्कली नेपाली नोट छाप्ने कागजसहित बारा र रौतहटका पाँच युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा रौतहट गुजरा नगरपालिका–३ बलुवा टोलका सुनीलकुमार राम, सोही स्थानका रवीन्द्रकुमार चौधरी, बाराको करैयामाई गाउँपालिका–५ बस्ने विश्वेश्वर प्रसाद चौधरी, कलैया उपमहानगरपालिका–९ रामपुरका सागर शुक्ला र हाल विश्रामपुर गाउँपालिका–५ इटियाही बस्ने राजु कुशवाहा छन् ।
उनीहरुलाई निजगढ नगरपालिका–८ स्थित तारा इन होटलबाट पक्राउ गरेको बाराका प्रहरी उपरीक्षक (एसपी) दीपेन्द्र शाहीले जानकारी दिए।
उनका अनुसार पक्राउ परेका युवकहरु सोही हेटेलमा कोठा भाडा लिइ केही दिनदेखि नेपाली नक्कली नोटको कारोबार गरिरहेको गोप्य सूचनाको आधारमा पक्राउ परेको हो ।
उनीहरुको साथबाट साथबाट नक्कली नेपाली एक हजार दरको २५ वटा, बा ९१ प ७४३५ नम्बरको मोटरसाइकल र बा १४ च ९३८२ नम्बरको स्कोरपियो गाडी बरामद गरेको प्रहरीले जनाएको छ ।
Sponsored
पक्राउ परेका सुनीलकुमार रामको घरमा नक्कली नोट बनाउने कागजात लुकाइ राखेको सूचना पश्चात घरबाट खानतलासी गर्दा एक हजार दरका नोट अकारको प्रति गड्डी सय थान भएको ९३ गड्डी कागज, नेपाली एक हजार दरको नोट ३९ थान बरामद भएको छ ।
यस्तै बी.आर ०५ क्यु नम्बरप्लेटको मोटरसाइकल र प्रदेश २–०३–००१ प ४२६५ नम्बरको गरी दुई थान मोटरसाइकल बरामद गरी थप अनुन्धान गरिरहेको प्रहरीले जनाएको छ ।