TodayPati

सिरहा नगरपालिकाका मेयर उपमेयर लगायतले एक वर्षमै बुझे ६६ लाख बैठक भत्ता

टुडेपाटी-
जनकपुरधाम, भदौ २७ गते ।

सिरहाको सिरहा नगरपालिका मेयर उपमेयरसहित जनप्रतिनिधि र कर्मचारीलले एकवर्षमै ६६ लाख बढी बैठक भत्ता बुझेका छन् ।

मेयर अशेश्वर प्रसाद यादव र उपमेयर नमिता यादव लगायत जनप्रतिनिधि र कर्मचारीले आर्थि वर्ष २०७६।०७७ मा ६६ लाख ४२ हजार बैठक भत्ता बुझेको महालेखापरीक्षको ५८ औं प्रतिवेदनमा उल्लेख छ ।

Sponsored

स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन २०७५ को दफा ४ मा न्यायिक समितिको बैठकहरुमा भत्ता लिन पाउने स्पष्ट व्यवस्था छैन ।

यधपि जनप्रतिनिधि र कर्मचारीले कानुन विपरीत बैठक भत्ता बेझेको महालेखापरीक्षकको प्रतिवेदनमा जनाइएको छ ।


वर्ष भरिमा कार्यपालिकाको १७ पटक भएको बैठकमा भत्ता ६ लाख २२ हजार, वडा समितिको बैठक भत्ता मासिक ३ पटक ५५ लाख ४४ हजार रुपैयाँ बुझेका छन् ।

Sponsored

यस्तै नगरसभा संचालन २ दिनको ३ लाख ६० हजार, नगरसभा सदस्यलाई यातायात खर्च २ दिनको १ लाख २० हजार रुपैयाँ गरी ६६ लाख ४२ हजार बुझेका हुन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *