दलित र अल्पसंख्यक समुदायको मुद्दा प्राथमिकता साथ अघि बढाउछु : मुख्यमन्त्री सिंह
टुडेपाटी-
जनकपुरधाम, पुस २४ गते ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले दलित तथा अल्पसंख्यक समुदायको मुद्दालाई प्राथमिकताका साथ अघि बढाउने बताएका छन् ।
बुधबार जवाफदेहिताका लागि नागरिक अभियानको टोलिसँगको भेटमा उनले यस्तो बताएका हुन् ।
मुसहर समुदायको जिवनशैली अझ पनि विगत जस्तै रहेकाले उनीहरुको सामाजिक उत्थानको आवश्यकता रहेको मुख्यमन्त्री सिंहको भनाइ थियो ।
हाम्रो अभियान पर्सा मार्फत दलित, महिला , युवा तथा अल्पसंख्यक समुदायको मुद्दालाई उठाउने फेलोशिप कार्यक्रम प्रभावकारी रहेको र यसलाई सहयोग गर्ने प्रतिवद्धता समेत उनले व्यक्त गरे ।
युएसएड नागरिक समाज संचार अन्र्तगत द एसिया फाउण्डेशनको सहयोगामा संचालित मिडिया फेलोशिप कार्यक्रम अन्र्तगत गठित जवाफदेहिताका लागि नागरिक अभियानले आज मुख्यमन्त्री सिंहसंग भेट गरी मिडिया फेलोशिप अन्र्तगत उठान गरिएको मुद्दाको बारेमा जानकारी गराएको हो । मुख्यमन्त्रीसंगको भेटमा जवाफदेहिताका लागि नागरिक अभियानका संयोजक साजिर मन्सुरले ध्यानाकर्षण पत्र बुधझाएका थिए । कार्यक्रम अन्र्तगत फेलोजहरुले प्रकाशन गरेको स्टोरीहरुको संगालो समाचार संगालो संस्थाको तर्फबाट हाम्रो अभियानका शिवनाथ यादवले हस्तान्तरण गरेका थिए । कार्यक्रमको बारेमा सलमा खातुले प्रकाश पारेकी थिइन् । टोली अभियानका निभा सिंह, ओमप्रकाश सरार्फ, फैजा सान लगायतको सहभागिता रहेको थियो ।
Sponsored