TodayPati

जाडो र हुस्सु बढेपछि धनुषामा आगो ताप्ने र गाडीको सिसा पुछ्ने ट्राफिक प्रहरीको अभियान

टुडेपाटी-
जनकपुरधाम, पुस २३ गते ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले हुस्सु र जाडोको कारण हुने सम्भावित दुर्घटना रोक्न आगो ताप्ने र गाडीको सिसा पुछ्ने अभियान चलाएको छ ।

पूर्व पश्चिम राजमार्ग र जनकपुर ढल्केवर सिक्सलेन सडक खण्डमा मंगलबार सो अभियान चलाएको धनुषाका ट्राफिक प्रहरी प्रमुख हरि वलीले जानकारी दिए ।

Sponsored

‘हुस्सुमा सिसा धुमिलो हुँदा अगाडि स्पष्ट नदेखेर दुर्घटना जोखिम हुन्छ । यसको लागि रोकेर सिसा पोछ्न लगाउने अभियान चलाइएको छ’ ट्राफिक प्रहरी प्रमुख वलीले थपे ‘चिसोले चालकको हातखुट्टा कठ्यांग्रिन सक्छ । यसले सवारी दुर्घटना हुने जोखिम रहन्छ । ठाउँठाउँमा आगो (घुर) बालेर आगो ताप्ने व्यवस्था गर्यौं’

अत्यधिक जाडोको अवधिभर यो अभियान जारी राख्ने उनले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *