TodayPati

लालबाबु सरकारले प्रदेश २ मा ‘नो मास्क नो सर्भिस’ अभियान चलाउने

टुडेपाटी-
जनकपुरधाम, भदौ २७ गते ।

प्रदेश २ सरकार कोरोना माहामारी बिरुद्धको सचेतना अभियान अन्तर्गत ‘नो मास्क नो सर्भिस’ अभियान सञ्चालन गर्ने भएको छ ।

मुख्यमन्त्री निवास मधेश भवनमा आइतबार बिहान सम्पन्न प्रादेशिक कोभिड सङ्कट ब्यबस्थापन केन्द्रको बैठकले सो निर्णय गरेको जनाएको छ ।

Sponsored

कोभिड १९ को सङ्क्रमितहरुको सङ्ख्यामा कमि आए लगतै सर्बसाधारणले मास्कको प्रयोगमा हेलचक्र्याई गर्न थाले पछि प्रदेश सरकारले सरकारी कार्यालयहरुमा उक्त अभियान चलाउने निर्णय गरेको छ ।

सरकार मास्क प्रयोगमा सर्बसाधारण लाई सचेत गराउन सञ्चारमाध्यम हरु मार्फत बिग्यापान प्रशारण प्रकाशन गराउने निर्णय समेत गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षता मा सम्पन्न उक्त बैठकमा आन्तरिक मामिला तथा सञ्चार मन्त्री , समाजिक बिकास मन्त्री , प्रमुख सचिब लगायतका सचिब हरु सहित सरोकार बला हरुको सहभागिता रहेको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *