TodayPati

जनकपुरमा जुम्ल्याहा बच्चा जन्माएर ज्यान गुमाएकी सुत्केरीको पाँचदिनपछि अन्त्येष्टि, बच्चाको स्याहारको चिन्ता

टुडेपाटी

जनकपुरधाम, भदौ २५ गते ।

जुम्ल्याहा शिशुको जन्म दिएर मृत्युु भएको सर्लाहीकी पुनम माझीको शव पाँचदिनपछि घर ल्याएर अन्त्येष्टि गरिएको छ ।

Sponsored

गएको शनिबार साँझ उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञाा प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्युु भएको सर्लाहीको हरिपुर्वा नगरपालिका ८ बसन्तपुरका रामचन्द्र माझीकी २८ वर्षीया श्रीमती पुनमको बुुधबाराति अन्त्येष्टि गरिएको हो ।

धरानमम प्रतिष्ठानको गेटमै सञ्चालनमा रहेको जल्पा फार्मेसीले औषधिको बिल २ लाख ५ हजार रुपैयाँ तत्कालै बुझाउनु पर्ने भन्दै शव ल्याउन नदिने भनेको थियो ।

विपन्न अार्थिक अवस्थाको कारण त्यत्रो ठूल  रकम तिर्न नसक्दा पुनमको शव छाडेर रामचन्द्र भौतारिएका थिए ।

Sponsored

जानकारी गराएपछि गाउँका युवक राहुरराजको अगुवाइमा चन्दा संकलन गरि ८० हजार रुपैयाँसहित गाउँका केही युवा शव ल्याउन पुगेका थिए ।

बुधबार ८० हजार रुपैयाँ तत्काल  तिरेर बाँकी रकम पछि तिर्ने सर्तमा पुनमको शव घर ल्याएर अन्त्येष्टि गरिएको हो ।

‘ ८० हजार बुझाएर शव घर लग्न खोज्दा पनि फार्मेसीले रोकेको थियो । तर पछि बाँकी रकम भुक्तानी गर्ने गर्छौं भनेर खुसामद गर्दा शव घर ल्याउन दियो’ मृतक पुनमका पति रामचन्द्रले टुडेपाटीसंग भने ।

भदौ पहिलो साता पुनमलाई सुत्केरी व्यथा लागेपछि भदौ पहिलोसाता जनकपुरको पीडारीचोक स्थित रहेको  मधेश हस्पिटलमा भर्ना गरिएको थियो । भर्ना भएकै दिन शल्यक्रिया मार्फत २ छोरा शिशुको जन्म दिएकी पुनमको स्वास्थ अवस्था खराब भएपछि अस्पतालले दबाबमा  भोलिपल्टै  धरान स्थित विपी कोइराला विज्ञान प्रतिष्ठान रेफर गरेको थियो । उपचारको क्रममा पुनमको गएको शनिबार साँझ मृत्यु भएको थियो ।

एचएहरुले खोलेको मधेश हस्पिटलले नै शल्यक्रियामा भएको त्रुटिको कारण पुनमको स्वास्थ अवस्था बिग्रेर मृत्युु भएको बुझिएको छ । परिवारजनका अनुसारल अस्पताल फँस्ने डरले पुनमको पेट फुल्न थालेपछि हरहिँसाब पछि गर्ने गरि तत्कालै धरान रेफर गरेको थियो ।

पुनमले  जन्माएको जुम्ल्याहा शिशुको अवस्था समान्य छन् । आमाको अभावमा र विपन्नताको कारण दुबै शिशुको  स्याहारमा समस्या हुने भन्दै गाउँलेले चिनता व्यक्त गरेका छन् । पुनमको गरउपचार गराउन लिएको ऋण, फार्मेसीको बाँकी रकम तिर्न र शिशुलाई पालनपोषणको लागि सहयोग  गरिदिन सबैसँग स्थानीय युवा राहुलराजले आग्रह गरेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *