जनकपुरमा टेन्टमुनि भोकभोकै बसिरहेका ३१ भारतीयलाई मारवाडी युवाहरुले खाना खुवाउँदै
टुडेपाटी
जनकपुरधाम, चैत १६ गते ।
जनकपुरस्थित रंगभूमी मैदान (ब्राह्विघा) मा अलपत्र परेका भारतीय नागरिकलाई मारवाडी युवाहरुले खाद्यन्न सहयोग गरेका छन् ।
लकडाउनका कारण खाद्यन्न समाग्री किनमेल गर्न नसक्दा भोकभोकै बसिरहेका महाराष्ट्र प्रदेशका बालबच्चा सहित ३१ जनालाई मारवाडी व्यवसायीहरुले खाद्यन्न तथा अन्न समाग्री प्रदान गरेका हुन् ।
खाद्यन्न अभावमा भारतीय नागरिक भोकले छटपटाइ रहेको थाहा पाएपछि युवाहरुले लगातार दुइ दिनदेख उनीहरुलाई खाना र खाद्यन्न समाग्री उपलब्ध गराएका छन् । खाना पाएपछि उनीहरुले राहत महसुस गरेका छन् ।
कोरोना संक्रमणको महामारी फैलिन नदिन सरकारले लकडाउन गरेपनि गरिब तथा भोकाहरुलाई मर्न नदिन भन्दै खाना तथा खाद्यन्न समाग्री वितरण गरिरहेको युव व्यवसायी विकास गोयलले जानकारी दिए ।
‘सबैको ज्यान जोखिममा छ । तर भोकले कोही मर्नु भएन् । जोखिम मोलेर हामी यस्तो आपतको बेला पनि खाद्यन्न उपलब्ध गराएका छौँ,’ टुडेपाटीसँग व्यवसायी गोयलले भने, ‘जनकपुर क्षेत्रभित्र अरुपनि कोही भोकै छन् वा खाना चाहिए हामी खाना उपलब्ध गराउन तयार छौँ ।’
खाना अभावले बालबच्चासँगै व्यस्क र वृद्धवृद्धा समेत छटपटाइ रहेका थिए । उनीहरुले खाना पाएर राहत पाएपनि खानेपानीको अझै अभाव झेलिरहेका छन् ।
Sponsored