कोरोना उपचारकालागि चीनबाट ल्याइयो १३ टन स्वास्थ्य सामग्री
टुडेपाटी-
काठमाडौँ, चैत १६ गते ।
कोरोना भाइरस संक्रमणको उपचार तथा रोकथामकालागि आवश्यक स्वासथ्य समाग्री सहित नेपाल वायु सेवा निगमको जहाज नेपाल आइपुगेको छ ।
आवश्यक स्वास्थ्य सामग्री लिएर चीनबाट उडेको नेपाल वायु सेवा निगमको जहाज आइतबार बिहानै काठमाडौं ओर्लिएको हो । नेपाल सरकारले खरिद गरेको र त्यहाँको प्रान्तीय सरकारको सहयोगबाट विभिन्न आवश्यक समाग्री ल्याइएको हो ।
नेपाल एयरलाइन्सको ४१७१ नम्बरको जहाज बिहान ५ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएको हो।
कोरोना परीक्षण गर्ने किट, स्वास्थ्यकर्मीको सुरक्षाका लागि पीपीईलगायत १२.६६ टन मेडिकल सामग्री, अन्य वस्तु जहाजमार्फत ल्याइएको नागरिक उड्ययन प्राधिकरणले जानकारी दिएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटाका अनुसार एन–९५ मास्क, गगल्स, पीपीई, गाउन, पञ्जा, सफाइमा प्रयोग हुने पञ्जा, डिस्पोजेबल जुत्ता, इन्फ्रारेड थर्मोमिटर, कोरोना परीक्षण गर्ने पोर्टेबल पीसीआर मेसिन, परीक्षण किट, नमुना संकलन गर्ने किटलगायत सामग्री ल्याइएका हुन्।
Sponsored