कोरोनाबाट इटालीमा एकै दिन ९ सयको मृत्यु, अमेरिकामा १ लाख २३ हजार संक्रमित
टुडेपाटी-
काठमाडौं, चैत १६ गते ।
इटालीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । शनिबार मात्र इटालीमा ८ सय ८९ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। यो संगै मृत्यु हुनेको संख्या १० हजार २३ पुगेको छ ।
त्यस्तै शनिबार ५ हजार ९ सय ७४ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै इटालीमा संक्रमित हुनेको संख्या ९२ हजार ४७२ पुगेको छ । यो अमेरिकापछि दोस्रो ठूलो संख्या रहेको जनाएको छ ।
अमेरिकामा अहिलेसम्म १ लाख २३ हजार ४२८ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । त्यस्तै अमेरिकामा शनिबार ५ सय १५ जनाको मृत्यु भएको थियो भने १९ हजार बढी नयाँ संक्रमित थपिएका थिए ।
त्यस्तै स्पेनमा पनि शनिबार ८ सय ४४ जनाको मृत्यु भएको थियो भने ७ हजार ५ सय बढी संक्रमित थपिएका थिए ।
Sponsored