राजर्षि जनक विश्वविद्यालयका शिक्षक तीनसातादेखि आन्दोलनमा, कडा संघर्ष गर्ने चेतावनी
टुडेपाटी-
जनकपुरधाम, भदौ १९ गते ।
जनकपुरधाम स्थित राजर्षि जनक विश्वविद्यालयकाका आन्दोलित शिक्षकहरुले कडा संघर्षको चेतावनी दिएका छन् ।
समयमै माग सम्बोधन नभए कडा तालाबन्दीसहित आमरण अनशनको अन्दोलनसम्म गर्न सक्ने चेतावनी दिएका हुन् ।
स्थापनाकालदेखि पेपर कोर्स कन्ट्रयाकमा काम गरिरहेका उनीहरू करार नियुक्ति को माग गर्दै गत साउन २४ गतेदेखि आन्दोलनमा उत्रेका हुन् । भदा ८ गतेदेखि पठनपाठन ठप्प पारी ३५ जना शिक्षक विश्वविद्यालयको पेपर कोर्स कन्ट्रयाक शिक्षक संघको ब्यानरमा धर्ना बसेका हुन् ।
जनकपुरको भ्रमरपुराचोक स्थित विश्व विद्यालयको मूलद्वारमै बिहान ११ बजेदेखि २ बजेसम्म धर्ना दिँदै आएका शिक्षकहरुले आफुहरुको मागप्रति सम्बन्धित पक्ष उदासिन रहेको आरोप लगाउँदै कडा संघर्षमा जाने चेतावनी दिएका छन् ।
स्थापनाकालमै आफुहरुलाई कोर्ष कन्ट्र्यक्टमा पढाउन भनेको र पछि दरबन्दी करारमा नियुक्त गरिदिने आश्वासन दिएपनि हालसम्म मागसम्बोधन नगर्दा बाध्य भएर आन्दोलनमा उत्रेका विश्वविद्यालयको पेपर कोर्स कन्ट्रयाक शिक्षक संघका अध्यक्ष दिलीप यादवले बताए ।
दुई वर्षदेखि विश्वविद्यालयसंग २६ वटा दरबन्दी रहेको छ । तर पटक पटक त्यसमा करार गर्न आग्रह गर्दा सम्बन्धित पक्षले कुनै सुनुवाई नगरेको शिक्षकहरुले गुनासो गरेका छन् ।
Sponsored
पहिलो चरणको आन्दोलन अन्तर्गत गएको साउन २४ गतेदेखि २९ गतेसम्म हातमा कालोपट्टी बाँधेर काम गरेको र दोश्रो चरणको धर्नाको कार्यक्रम गरिरहेका छन् ।
यथाशीघ्र माग सम्बोधन नगरे अनिश्चितकालीन तालाबन्दी र आमरण अनशनसम्मका कडा संघर्ष थालिने संयोजक यादवले चेतावनी दिए ।