TodayPati

जनकपुरमा जसपा केन्द्रिय र प्रदेश २ संसदीय दलको संयुक्त बैठक बस्दै, भोजको व्यवस्था

टुडेपाटी-
जनकपुरधाम, भदौ १९ गते ।

पार्टी विभाजन पश्चात् जनकपुरमा जनता समाजवादी पार्टी (जसपा)को संघीय र प्रदेश २ संसदीय दलको बैठक बस्न लागेको छ ।

शनिबार बिहान ११ बजेदेखि जनकपुरको वेलकम होटेलमा अध्यक्ष उपेन्द्र यादवको विशेष उपस्थितिमा केन्द्रिय र प्रदेश संसदीय दलको बैठक बस्न लागेको एक सांसदले टुडेपाटीलाई जानकारी दिए ।

Sponsored

ती सांसदका अनुसार संसदीय दलको संयुक्त बैठक सहित खानपीन भोजभातको पनि व्यवस्था रहेको छ ।

जसपाबाट बहिरीगमनमा परेका महन्थ ठाकुर पक्षले नयाँ पार्टी लोकतान्त्रिक समाजवादी (लोसपा ) गठन गरेपछि प्रदेश २ मा महन्थ पक्षा जसपाका सांसद र स्थानीय तहका जनप्रतिनिधि लोसपामा सनाखत गर्न थालेका छन् ।

अा- अाफ्नो पक्षमा सांसद र जनप्रतिनिधि तान्न यादव र ठाकुर तीनदिनदेखि जनकपुरमा सक्रिय छन् । दुबै दलका केन्द्रीय नेता पनि जनकपुरमै नेता कार्यकर्ता फकाउन लागि परेकम छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *