दैलेखमा १९ वर्षीया किशोरी कांग्रेसको सभापतिमा निर्वाचित, विपक्षीको समेत समर्थन
टुडेपाटी-
दैलेख, भदौ १९ गते ।
दैलेखको दुल्लु नगरपालिका ३ मा १९ वर्षीया किशोरी नेपाली कांग्रेसको वडा सभापितमा निर्वाचित भएकी छन् । शुक्रबार भर्खरै भएको कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत स्वस्तिकाकुमारी महत वडा सभापतिमा निर्वाचित भएकी हुन् ।
नयाँ पुस्तालाई राजनीतिमा ल्याउनुपर्नै मान्यताका साथ महत वडा सभापतिमा निर्विरोध निर्वाचित भएको कांग्रेस दैलेखका नेता तथा दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले जानकारी दिए ।
वडा सभापतिमा निविरोध निर्वाचित भएकी स्वस्तिका नेपाली कांग्रेस दैलेखका स्वर्गीय नेता भुपेन्द्रजंङ्ग महतकी छोरी हुन् । १९ वर्षीया किशोरी वडा सभापति बनेपछि विपक्षी दललेसमेत उनलाई साथ समर्थन जनाएका थिए ।