जनकपुर वडा नं. ३ का वडाध्यक्ष दिपेन्द्र साहले गरे लोसपामा सनाखत
टुडेपाटी-
जनकपुरधाम, भदौ १७ गते ।
जनकपुरधाम उपमहानगरपालिका ३ का वडाध्यक्ष दिपेन्द्र साह लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा सनाखत गरेका छन् ।
जसपाका वडाध्यक्ष साह महन्थ ठाकुर नेतृत्वको नवगठित पार्टी लोसपामा बिहीबार निर्वाचन कार्यालय पुगेर सनाखत गरेका हुन् ।
जसपा विभाजन भए पश्चात अहिले त्यसबाट असन्तुष्ट जनप्रतिनिधि लोसपामा खुल्न थालेका छन् । दलतमा सनाखत गर्ने समायावधि भदौ २२ गतेसम्मका लागि निर्वाचना आयोगले तोकेको छ ।
साह पूर्व राजपा नेपालबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । उनी सोहि धारमा लागेका हुन् । जनकपुरधाम उपमहानगरपालिका मेयर लालकिशोर साह जसपामै रहने निधो गरेका छन् भने उपमेयर रिता झा लोसपामा सनाखत गरिसकेकी छन् ।
जनकपुरधाम उपमहानगरपालिकामा अधिकांश वडाध्यक्ष, कार्यपालिका सदस्य तथा वडासदस्यहरु लोसपामै सनाखत गर्ने आकलन गरिएको छ ।
Sponsored