जनकपुर प्रादेशिक अस्पतालमा दिनदहाडै गुण्डागर्दी, स्वास्थ्यकर्मीमाथि कुटपिट
टुडेपाटी-
जनकपुरधाम, भदौ १७ गते ।
प्रादेशिक अस्पताल जनकपुरमा दिनदहाडै गुण्डागर्दी शैलीमा एक स्वास्थ्यकर्मीमाथि कुटपिट गरेका छन् ।
बिहीवार दिउँसो अस्पताल परिसरमै एचए देवेन्द्र ठाकुरमाथि कुटपिट भएको हो ।
कर्मचारीको बैठक चलिरहेको बेला ठाकुरलाई त्यहाँबाट तल बोलाएर एक समूहले गुण्डागर्दी शैलीमा लात, हात र मुक्काले कुटेका हुन् ।
अस्पताल परिसरमा बिरामीको पुर्जा काट्ने काउण्टर अगाडी उनीमाथि कुटपिट भएको हो । यधपि उनलाई कुटपिट गरेको कारण भने खुल्न सकेको छैन ।
कुटपिटबाट घाइते ठाकुरको सोहि अस्पतालमा उपचार भइरहेको छ । कुटपिट भइरहँदा अस्पतालमा रहेका सुरक्षागार्डहरु मुकदर्शक बनेका थिए ।
अस्पताल परिसरमै गुण्डागर्दी शैलीमा कुटपिट भएपछि स्वास्थ्यकर्मी र चिकित्सकहरु त्रसित भएका छन् । उनीहरुले आफुहरु असुरक्षित भएको बताइरहेका छन् ।
Sponsored
कसैले कुनै गल्ती गरेको खण्डमा कानुनी उपचार छँदाछँदै गुण्डा शैलीमा सार्वजनिक संस्था भित्र पसेर कुटपिट गर्नु कानुनी राज्यको उपहास भएको अस्पतालका कर्मचारीहरुले बताएका छन् ।