TodayPati

वैदेशिक रोजगारमा गएका धनुषाका दुखी विगत ५ वर्षदेखि सम्पर्कविहीन, परिवार चिन्तामा

टुडेपाटी-
जनकपुरधाम, भदौ १६ गते ।

वैदेशिक रोजगारमा गएका धनुषाका एक व्यक्ति विगत पाँच वर्षदेखि हराएका छन् । धनुषाको कमला नगरपालिका–७ सिङ्ग्याही मडान बस्ने दुखी मण्डल विगत पाँच वर्षदेखि परिवारबाट सम्पर्कविहीन भएका छन् । उनी सम्पर्कविहीन भएपछि परिवार चिन्तामा डुबेको छ ।

८वर्ष पहिले मण्डल वैदेशिक रोजगारमा गएका थिए । दुई÷तीन वर्षसम्म फोनमा कुराकानी हुने र पैसा पठाउने गरे पनि पाँच वर्षदेखि सम्पर्कविहीन भएको श्रीमती विनीतादेवी मण्डलले बताइन् ।

Sponsored

आर्थिक अवस्थामा सुधार ल्याउन, छोराछोरीको भविष्य उज्ज्वल पार्ने सपना बुन्दै श्रीमानलाई विदेश पठाएकी विनिता यति बेला श्रीमान् हराएपछि निकै चिन्तामा छिन् । विनीताका अनुसार श्रीमानलाई साउदी अरबबाट कमाएर पठाएको पैसाले ऋण तिर्ने, दुई सन्तानलाई राम्रो शिक्षा दिने, एउटा घर बनाउने र खुसीयाली साथ जीवनयापन गर्ने सोचेका थिए, सुरु–सुरुमा सबै राम्रो नै थियो ।

विनीताले थाहा पाएसम्म उनका श्रीमान् उँट र बाख्राको रेखदेखको काममा गएका थिए । उनीसँग मोबाइल फोन नभएकाले मालिकले नै घरमा फोन सम्पर्क गराउने गरेको विनीताले बताउँछिन् । अहिले त मालिक पनि सम्पर्कमा नभएको विनीताले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *