TodayPati

प्रदेश २ मा जसपाका ११ सांसदले गरे लोसपामा सनाखत

टुडेपाटी-
जनकपुरधाम, भदौ ११ गते ।

जनता समाजवादी पार्टीका ११ जना सांसदले लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन् । प्रदेश २ निर्वाचन कार्यालय पुगेर उनीहरुले लोसपामा लागेको सनाखत गरेका हुन् ।

यधपि अझै सांसदहरु बाँकी रहेको र भदौ २२ गतेसम्म अत्यधिक सांसद लोसपामा सनाखत गर्ने प्रदेश सांसद जितेन्द्र सोनलले बताए ।

Sponsored

बुधबार निर्वाचन कार्यालयमा सनाखत गर्ने प्रदेश सांसदहरुमा सुरिता साह,जयनुल राइन, बबिता चौधरी , निलम देवी भुमिहारिन, अलका झा, गौरी नरायाण साह, जानकी शरण सा, परमेश्वर साह, रमेश प्रसाद कुर्मी , बाबुलाल साह र उपेन्द्र महतो छन् । यधपि सोनलले आफु लगायतका केहि सांसदहरु भोलि सनाखत गर्ने बताएका छन् ।

प्रदेश २ मा पूर्व नेपाल संघीय समाजवादी पार्टीका ३० र पूर्व राजपाका २५ गरी जसपाका ५५ सांसद छन् । पार्टी विभाजन गरेर महन्थ ठाकुर पक्षले लोसपा दर्ता गराएपछि हालसम्म ११ जना सांसदले मात्र सो पार्टी रोजेका छन् ।
एक सांसदले.२० जनासम्म सांसद लोसपामा लाग्ने बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *