TodayPati

जनकपुरमा माक्स ७५० र गल्वस ५ सयमा बेच्ने औषधि व्यवसायी झा पक्राउ

टुडेपाटी-
जनकपुरधाम, चैत १५ गते ।

जनकपुरमा माक्स प्रति पिस ७ सय ५० र गल्वस प्रतिपोका ५ सयमा बेच्ने एक औषधि व्यवसायी पक्रपाउ परेका छन् । जनकपुर प्रादेशिक अस्पताल स्थित बजरंग सर्जिकल स्टोरका संचालक ३६ वर्षीय राजेशकुमार झालाई प्रहरीले शुक्रबार बजार अनुगमनको क्रममा पक्राउ गरेको हो ।

कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको मौकाछोपी माक्स प्रति पिस ७ सय ५० र गल्वस प्रतिपोका ५ सयमा बेचिरहेको अवस्थामा उनलाई प्रहरी टोलीले पक्राउ गरेको हो । औषधि व्यवसायी झालाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sponsored

सझाले ७ सय ५० मा बिक्रीवितरण गर्ने माक्सको प्रतिपिस बजार मूल्य २ सय ४० र ५ सयमा बेच्ने गल्वसको बजार मूल्य ३ सय ५० रुपैयाँ रहेको छ ।

श्रोतका अनुसार झाले कोरोनाका हल्ला पश्चत माक्स, सेनिटाइजर र गल्वस थन्काएर राखेका थिए । लकडाउन सुरु भएपछि अभाव सृजना गरी उनले सेनिटाइजर, माक्स र गल्वस चर्को मूल्यमा बेच्दै आइरहेका थिए । यसअघि पनि दुईपटक उनको सर्जिकल स्टोरमा प्रहरीको अनुगमन टोली पुगेपनि उनी बाँचेका थिए । तर तेश्रो पटकमा उनी रंगेहात प्रहरीको फन्दामा परेका हुन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

One thought on “जनकपुरमा माक्स ७५० र गल्वस ५ सयमा बेच्ने औषधि व्यवसायी झा पक्राउ

  • March 28, 2020 at 4:02 pm
    Permalink

    Yasto Manche lai chodnu hudaina aau.

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *