TodayPati

कोरोनाको उद्गमस्थल वुहान २ महिनाको लकडाउनपछि खुला, रेल सेवा एक हप्तासम्मका लागि बुक

टुडेपाटी-

काठमाडौंं, चैत १५ गते ।

चीनको हुपेइ प्रान्तको वुहान शहर शनिबारदेखि आशिंक रुपमा खुला भएको छ ।

Sponsored

कोरोना भाइरसको उद्गमस्थल वुहान शहर लगायत चीनमा दुई महिना पुरा लकडाउन भएपछि १ करोड १० लाख जनसंख्या भएको वुहान शहर आशिंक रुपमा खुलेको जनाइएको छ ।

कोरोना संक्रमित र मृतक दर घटेपछि केहीदिन अगाडि वुहान खुला गर्ने निर्णय भएको थियो । अप्रिल ८ बाट वुहान पूर्ण खोलिने भएको छ ।

लकडाउन आशिंक रुपमा खोलिएसँगै वुहानमा मानिसहरु भित्रन थालेका छन् । वुहानका नागरिक पनि अन्य शहर जान थालेका छन् ।

Sponsored

शनिबार वुहानका रेल स्टेसनहरुमा मानिसहरुको भीड लागेको थियो। मानिसहरु लगेज बोकेर हिँडिरहेको दृश्यहरु देखिएका थिए ।

रेल सेवा संचालनमा आएपछि वुहानको रेल सेवा एक हप्तासम्मका लागि बुक भइसकेको बताइएको छ । मानिसहरुले विभिन्न स्थानमा जानका लागि एडभान्स बुकिङ गरेको जनाएको छ ।

वुहानमा यतिबेला कोरोना संक्रमित अवस्था शुन्य रहेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *