TodayPati

सिरहामा दुई दर्जन बढी घर डुबानमा

टुडेपाटी-
सिरहा, भदौ १३ गते ।

निरन्तरको वर्षासंगै आएको बाढीले सिरहाका विभिन्न स्थानमा दुई दर्जनभन्दा बढी घर डुबानमा परेको छ ।

पोखरीको बाँध भत्केर गाउँमा पस्दा गोलबजार नगरपालिका–१२ बेतौनाका एक दर्जनभन्दा बढी घरहरू डुबानमा परेका हुन्।

Sponsored

स्थानीय सरकारले पोखरीको बाँध बाँध्न रकम छुट्याए पनि राम्रोसँग काम नगर्दा फुटेर गाउँमा पानी पसेको स्थानीयवासीको आरोप छ।

घरमा पानी पसेपछि पीडितहरू नजिकैको छिमेकीको घरमा शरण लिएर बसिरहेका स्थानीयवासी सञ्जय मण्डलले जानकारी दिए।

त्यसैगरी धनगढीमाई नगरपालिका–६ मा बाढीको कारण एउटा घर भत्किएको प्रमुख जिल्ला अधिकारी प्रदीप कँडेलले जानकारी दिए।

Sponsored

वर्षाको पानी बजार पसेकाले मिर्चैयाका दर्जनौँ पसल जलमग्न भएको छ। पूर्वापश्चिम राजमार्गदेखि उत्तरतर्फ पानीको उचित निकास नभएकाले बजारमा पस्ने गरेकोे छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *