TodayPati

भारतबाट ७ नेपाली युवतीको उद्धार, बिक्री गर्न लग्ने धनुषाकी एक युवतीसहित दुई पक्राउ

टुडेपाटी-
जनकपुरधाम, भदौ १२ गते ।

प्रहरीले भारतको बिहारबाट ७ जना युवतीको उद्धार गरेको छ । अर्केष्ट्रामा आकर्षक तलब दिने प्रलोभन देखाएर बेचबिखनको लागि लगिएका ७ नेपाली युवतीको विहार पूर्वी चम्पारण छौडादानो नगर पञ्चायत ११ आदापुर बजारबाट उद्धार गरिएको हो ।
उनीहरुलाई भारतीय प्रहरी र आफन्त नेपाल गैरसरकारी संस्थासँगको समन्वय सहकार्यमा उद्धार गरेको पर्साका प्रहरी प्रवक्ता ओम प्रकाश खनालले जानकारी दिए ।

मोबाइल खोसेर अशोभनीय पोसाकमा अध्याँरो कोठामा राखेको बेला उनीहरुको उद्धार गरेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई झुक्याएर बेचबिखन गर्ने लैजाने धनुषाकी एक महिला सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

Sponsored

पक्राउ पर्नेमा छौडादानो बस्ने २५ वर्षीय विकास भन्ने विकेश कुमार र धनुषाको नगराइन नगरपालिका घर भइ छौडादानो नै बस्दै आएकी ममताकुमारी भन्ने अजिमा खातुन छन् ।

दुबैजना विरुछ मानव बेचबिखन तथा ओसार पसारको मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको डिएसपी खनालले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *