TodayPati

सप्तरीमा दुईवटा मोटरसाइकल ठोक्किँदा दुई युवकको ज्यान गयो, दुईजना गम्भीर

शुभ नारायण यादव

राजविराज, साउन १९ गते ।

सप्तरीमा बसलाई ओभरटेक गर्न खोज्ने क्रममा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुईजना युवकको ज्यान गएको छ ।

Sponsored

पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिका ४ अमाहामा सोमबार साँझ स११प ४०३८ नम्बरको मोटरसाइकलले बसलाई अभरटेक गरी अगाडी बढ्न खोज्दा दुई युवकले ज्यान गुमाएका हुन् ।

ज्यान गुमाउनेमा सिरहाको लहान नगरपालिका १७ बस्ने २८ वर्षीय रामशंकर यादव र सप्तरीको शम्भुनाथ नगरपालिका –७ का २८ वर्षीय बुद्धसागर चौधरी रहेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

उनका अनुसार पूर्वतर्फ जाँदै गरेको बा २ ख ५६८२ नम्बरको बसलाई सोहि दिसा तर्फ गइरहेको स११प ४०३८ मोटरसाइकलले ओभरटेक गर्ने क्रममा क्रममा विपरित दिशाबाट आउँदै गरेको गरेको प्रदेश २–०१–००१ प ९५५६ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।

Sponsored

दुर्घटनामा स११प ४०३८ नम्बरको मोटरसाइकलमा चालक चौधरी र प्रदेश २–०१–००१ प ९५५६ नम्बरको मोटसाइकल चालक यादवको मृत्यु भएको छ ।

यसैगरी चौधरीको मोटरसाइकलमा पछाडी सवार सोही ठाउँका २८ वर्षीय आन्नद चौधरी र यादवको मोटरसाइकलमा पछाडी सवार लहान–२० की २३ वर्षीया सोनम चौधरी गम्भीर घाइते भएका छन् ।

उनीहरुलाई उपचारको लागि पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी काफ्लेले जानकारी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *