TodayPati

मलेसियामा समयमै उपचार नपाउँदा एक नेपाली युवकको मृत्यु

टुडेपाटी-
जनकपुरधाम, साउन १६ गते ।

मलेसियामा वैदेशिक रोजगारीमा रहेका एक नेपाली युवकको उपचार अभामा मृत्यु भएको छ ।

रौतहटको फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ६ पेटभरवा बस्ने अकल बैठका छोरा ३३ वर्षीय मदन बैठाको मृत्यु भएको हो ।

Sponsored

एसफोम इन्डस्ट्रिज कम्पनीमा कार्यरत्त मदनको शनिबार साँझ ५ बजे मृत्यु भएको त्यहाँ कार्यरत्त एक नेपालीले जानकारी दिएका छन् ।

त्यहाँ कार्यरत्त नेपालीहरुका अनुसार मदनलाई अचानक पेट दुखेको र कम्पनीले समयमै उपचारको व्यवस्था र एम्बुलेन्स उपलब्ध नगराउँदा तत्कालै मृत्यु भएको हो ।

मलेसिया सबभन्दा बढी नेपाली श्रमिक वैदेशिक रोजगारका लागि जाने देशको सूचिमा पर्छ ।

Sponsored

विभिन्न कारणले बेला बेला नेपाली श्रमिकको मृत्यु हुने गरेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *