लकडाउनमा जनकपुरधाम ७ का वडाध्यक्षले वडाबासीलाई सहजरुपमा गराए खाद्यान्न उपलब्ध
टुडेपाटी-
जनकपुरधाम, चैत १३ गते ।
कोरोना भाइरस संक्रमण रोकथाम गर्न नेपाल सरकारले गरेको लकडाउनका कारण बजामा कालोबजारी बढेको छ । सहजरूपमा खाद्यान्न वस्तु नपाउँदा सर्वसाधारण समस्यामा परेकाछन् ।
यस्तै संकटको बेला जनकपुरका एक वडाध्यक्षले सहज रुपमै खाद्यान्न सामग्री बजार भाउमा उपलब्ध गराएका छन्।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहले आफ्ना वडावासीलाई बिहीबार खाद्यान्न वस्तु सहजरूपमा बजार भाउमा उपलब्ध गराएका छन् ।
आफ्नो वडाका १८ सय घरधुरीलाई प्रति घर ५ किलो आलु, २ किलो प्याज र एक प्याकेट नून सहजरुपमा उपलब्ध गराएको वडाध्यक्ष साहले बताए ।
जानकी नगरस्थित जानकी पतंजलि योग साधना केन्द्रमा बोलाई ८ फिटको दुरि कायम गरि पंक्तिबद्ध तवरले आलु र प्याज वितरण गरेका हुन् ।
उनका अनुसार बजार मुल्य आलु प्रतिकिलो ३५,प्याज प्रतिकिलो ४५ रुपैयाँ र नून २० रुपैयाँ प्याकेटको दरले सबैलाई उपलब्ध गराइएको हो ।
Sponsored