TodayPati

जनकपुरधामः लकडाउनमा कालोबाजरी गर्ने एकैदिन ११ व्यापारी प्रहरीको फन्दामा

टुडेपाटी समाचारदाता

जनकपुरधाम, चैत १३ गते

जनकपुरमा लकडाउनको मौकाछोपी कालोबजारी गर्ने ११ व्यापारी पक्राउ परेका छन् ।

Sponsored

ग्याँस, आलु, प्याज र रिचार्ज काड समेतको कालोबजारी गर्ने ११ जना व्यापारीलाई जिल्ला प्रहरी कार्यालय धनुषाको बजार अनुगमन टोलीले पक्रा गरेको हो ।

अालु र प्याजको कालोबजारी अारोपमा पक्राउ पर्नेहरूमा धनुषा जनकपुरधाम उपमहानगरपालिका १६ कपिलेश्वर वस्ने वर्ष ५२ को राम अनुठ ठाकुर, वडा १२ बस्ने वस्ने वर्ष ३५ का जित साह , वडा -४ वस्ने वर्ष ५० का विनोद कुमार साह, वर्ष ४८ का कुशेश्वर चौधरी, वडा -७ वस्ने वर्ष २८ का अजय साह, वर्ष २४ का प्रविन साह , वडा ४ बस्ने वर्ष ४३ का राज किशोर यादव, वडन नं. १ वस्ने वर्ष ३१ का गुलजार शेख र वर्ष ३१ का प्रमोद साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यस्तै ग्यास कालोबजारी अारोपमा जनकपुरधाम -४ वस्ने वर्ष १९ का कुनदन कुमार साह, रिचार्ज कालोबजारी अारोपमा जनकपुरधाम .४ वस्ने वर्ष २६ का बिकाश कुमार महतो छन् । पक्राउ पर्नेमा सबभन्दा बढी अालु र प्याज व्यवसायी छन् । उनीहरूले आलु प्रति किलो ६० र प्याज प्रति किलो ८० बेचिरहेका बेला पक्राउ परेका हुन् ।

Sponsored

प्रति सिलिन्डर ग्यास १७००।- र Ncell को रु. ५० को रिचार्ज कार्ड रु. ६० मा बेचि रहेको अवस्थामा साह र महतोलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

कोरोना भाइरसको महामारी रोक्न नेपाल सरकारले जारी गरेको लकडाउनलाई मौकाछोपी दैनिक उपभोग्य बस्तुको अभाव सृजना गरि कालोबजारी बढेको हो ।

यसअघि मंगलबार पनि आलु प्याजको कालोबजारी गर्ने ३ व्यवसायीलाई प्रहरीले पक्राउ गरेको थियो ।


टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *