TodayPati

सर्लाहीको भरत तालमा डुबेर बेपत्ता भएका युवक मृत भेटिए

टुडेपाटी-
जनकपुरधाम, साउन ३ गते ।

सर्लाहीको भरत तालमा डुबेर बेपत्ता भएका युवक मृत फेला परेका छन् । बागमतीस्थित भरत तालमा बेपत्ता ती युवक २६ घण्टापछि मृत फेला परेका हुन् ।

शनिबारदिउँसो तालमा माछा मार्न जाँदा डुबेर बेपत्ता भएका बागमती नगरपालिका–१ मिलन चौकका १८ वर्षीय सुशान्त थापा मगर आज साँझ साढे ६ बजेतिर मृत फेला परेका हुन् ।

Sponsored

मगर हिजो दिउँसो ४ बजेदेखि तालमा डुबेर बेपत्ता भएका थिए । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले निरन्तर खोजी गर्दा युवकको शव फेला परेको हो । बोटमा चढेर तथा पौडी खेलेर खोज्दा समेत युवकको अवस्था थाहा हुन नसकेपछि भ्याकुमको सहायतामा पानी पन्छाएपछि युवकको शव फेला परेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अवधेशकुमार यादवले जानकारी दिए ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाउने तयारी भइरहेको छ । बागमती नगरपालिकाले वडा नं. १२ मा १२१ बिघा क्षेत्रफलमा ताल निर्माण गरिरहेको छ ।

तालमा बागमती नदीको पानी ल्याएर हाल्ने गरिएको छ । निर्माणाधीन ताललाई दुई भागमा विभाजन गरिएको छ । अहिले तालको दक्षिणी भागमा पानी सुकिसकेको छ भने उत्तरी भागमा मात्रै पानी छ ।

Sponsored

एक बाँसभन्दा गहिरो पानी जमेको स्थानमा डुबेर युवकको मृत्यु भएको प्रहरीले जनाएको छ । युवकसँगै माछा गर्न गएका अरु ५/६ जना भने सकुशल बाहिर निस्कन सफल भएका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *