TodayPati

जसपा महन्त पक्षले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने

टुडेपाटी-
जनकपुरधाम, साउन ३ गते ।

जनता समाजवादी पार्टी नेपाल (जसप)का महन्त ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गरेका जसपा अध्यक्ष महन्थ ठाकुर नेतृत्वका सांसदहरुले पनि देउवालाई विश्वासको मत दिने भएका हुन्।

Sponsored

जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले १७ सांसदसहित देउवालाई विश्वासको मत दिने निर्णय लिइसकेका छन् । जसपा सांसद

प्रधानमन्त्री देउवाले आफूहरुले उठाएको माग मुद्दा सम्बोधन गर्ने प्रतिवद्धता जनाएकोले उनलाई विश्वासको मत दिने जसपाका नेता शरतसिंह भण्डारीले बताए ।

यसअघि केपी शर्माआफुह ओलीलाई पनि माग मुद्दा सम्बोधन गर्नै सर्तमा समर्थन दिएको र अहिले शेरबहादुर देउवाले पनि पूरा गर्ने आश्वासन दिएकाले विश्वासको मत दिन लागेको उनको भनाइ छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *