बलात्कार गरेर विदेश भाग्न खोज्ने सर्लाहीका ललन इन्टरनेसनल एयरपोर्टबाट पक्राउ
टुडेपाटी-
जनकपुरधाम, साउन ३ गते ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बलात्कार गरेर लुकीछिपी विदेश भाग्न खोजेका सर्लाहीका युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
सर्लाहीको बलरा नगरपालिका–८ घर भएका २३ वर्षीय ललन महतोलाई एयरपोर्टबाट पक्राउ गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए । कतारको दोहा उड्न लागेको अवस्थामा प्रहरीले महतोलाई पक्राउ गरेको हो ।
महतोले २०७७ भदौमा सर्लाही घर भएकी १४ वर्षीया बालिकालाई बलात्कार गरेर फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय सर्लाहीले अनुसन्धान पुरा गरेर अनुसन्धान प्रतिवेदन बुझाइसकेको छ ।
काठमाडौँमा पक्राउ परेका ललनलाई अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय सर्लाहीका इन्स्पेक्टर कृष्ण गिरीले बताए ।
जिल्ला अदालत सर्लाहीबाट उनीविरुद्ध २०७७ भदौ १० मा पक्राउ पुर्जी जारी भएको थियो ।
Sponsored