जनकपुर- जयनगर रेल्वे लिकको भारतीय एकडब्बे रेलबाट स्पीड परिक्षण गरियो
टुडेपाटी–
जनकपुरधाम, साउन ३ गते ।
रेल संचालनपुर्वको तयारीको शिलशिलामा जनकपुर- जयनगर रेल्वे लिकको गति परिक्षण गरिएको छ ।
भारतीय इस्ट सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभ एक डब्बे रेलबाट जनकपुर र जयनगर लिकको अाइचबार दिउँसो परिक्षण गरिएको हो ।
जनकपुरको कुर्था स्टेसनबाट प्रतिघन्टा १२० किलोमिटरको गतिमा सो रेलले लिकको परिक्षण गर्दै जयनगर पुगेको रेल्वे विभागका साइड इन्जिनियर विनोद अोझाले जानकारी दिए ।
रेल्वे लिक परिक्षणको लागि नेपाल रेल्वे कम्पानीका महाप्रबन्धक गुरु भट्टराईसहितका कर्मचारी जनकपुर अाएका थिए ।
Sponsored