लगातारको वर्षाले नदीमा बाढीको सतह बढेपछि स्थानीयलाई सचेत रहन सीडीओ यादवको आग्रह
टुडेपाटी-
रौतहट, साउन २ गते ।
लगातारको वर्षाले नदीहरुमा बाढीको सतह बढेपछि तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन रौतहट प्रशासनले आग्रह गरेका छन् । जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार एक सूचना जारी गरेर सचेत रहन आग्रह गरेका हुन् ।
सीडीओ इन्द्रदेव यादवद्वारा जारी सूचना मार्फत बागमती, लालबकैया नदीका साथै जिल्लाका सा–साना खोला किनारका बासिन्दालाई सचेत रहन आग्रह गरेका हुन् ।
लगातारको वर्षाले जिल्लाको पूर्वी किनारमा बागमती र पश्चिममा लालबकैया नदीमा पानीको सतह बढ्ने मौसमविद्ले बताएकाले सतर्क रहन आग्रह गरेको सीडीओ यादवले बताए ।
मुसलधारे बर्षाको कारण बागमती ,लालबकैया नदि तथा चाँदी लगायतका खोला तथा नदीमा पानीको सतह बढ्दै गएको उनले जानकारी दिए ।
जिल्लाका नदीहरुमा पानीको सतह बढेपछि जिल्लाको दक्षिणी भेगका गाँउहरु डुबानमा पर्ने गर्दछ । बागमती र लालाबकैया नदीमा आउने बाढीको पानी भारतिय बाँधको कारण तत्काल निकास हुन नसक्दा जिल्ला सदरमुकाम गौर,ईशनाथ, लगायतका क्षेत्र डुबानमा पर्दै आएको छ ।
Sponsored