महन्त पक्षका चार सांसद उपेन्द्र पक्षको संसदीय दलको बैठकमा सहभागी
टुडेपाटी-
जनकपुरधाम, साउन २ गते ।
जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्षले बोलाएको संसदीय दलको बैठकमा महन्थ पक्षका चार सांसद सहभागी भएका छन् ।
पुनःस्थापित प्रतिनिधिसभाको अधिवेशन सुरू हुन लागेको अघिल्लो दिन शनिबार दिउँसो अध्यक्ष यादवले बालकुमारीस्थित पार्टी कार्यालयमा बोलाइएको संसदीय दलको बैठक बोलाएका हुन् ।
बैठकमा महन्थ पक्षका सांसदहरु प्रमोद साह, अमृता अग्रहरी, नरमाया ढकाल र रानी मण्डल सहभागी भएको एक सांसदले जानकारी दिए ।
उनीहरु शुक्रबार ठाकुर पक्षको संसदीय दलको बैठकमा अनुपस्थित थिए ।
पछिल्लो समय महन्थ पक्ष एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा सहभागी हुँदा मन्त्री नबनाइएपछि यी सांसदहरू असन्तुष्ट बनेका छन्।
Sponsored