TodayPati

युरोपमा भीषण बाढीमा परी १५३ जनाको ज्यान गयो

टुडेपाटी-
जनकपुरधाम, साउन २ गते ।

अत्यधिक वर्षाका कारण आएको भीषण बाढीमा परी जर्मनीमा १३३ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले शनिबार जानकारी दिएका छन् ।

त्यसैसँगै यस प्रकोपबाट युरोपमा १५३ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । 

Sponsored

धेरै क्षति जर्मनीमा भएको छ भने बेल्जियममा कम्तीमा २० जनाको मृत्यु हुनको साथै हराइरहेका मानिसहरूको सङ्ख्या बढी रहेको बताइएको छ । 

जर्मनीको वेस्ट फेलिया प्रान्तका नर्थ राइने बाढीको सबैभन्दा बढी प्रभाव परेको बताइएको छ । यस प्रकोपबाट यहाँ ९० व्यक्तिको मृत्यु भएका छ ।

यस क्षेत्रमा यसअघि नै ४३ व्यक्तिको मृत्यु भएको राज्यका अधिकारीहरुले जानकारी दिएका थिए । 

Sponsored

नर्थ राइन वेस्ट फेलियाका प्रमुख आर्मिन लशेटले अति प्रभावित क्षेत्रमा पुगेका बेला मौसमको पराकाष्ठाको निम्ति जलवायु परिवर्तनलाई दोष दिएका छन् । एजेन्सी

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *