TodayPati

सर्लाहीमा ७७ किलो गाँजासहित एकजना पक्राउ, तीनजना फरार

टुडेपाटी-
सर्लाही, साउन १ गते ।

सर्लाहीमा ७७ किलो गाँजासहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हरिवन नगरपालिका-२ बस्ने अन्दाजी ३० वर्षीय अशोककुमार लामा छन् ।

हरिवन नगरपालिका–२ बाट बिहीबार साँझ लामालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढथोकीले जानकारी दिए ।

Sponsored

हरिवन–२ अत्रौली खोलामा बा. ५२ प. १९३२ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा प्लाष्टिकको बोराममा गाँजा फेला परेको बुढाथोकीले बताए । लामासँगै रहेका अन्य तीनजना भने फरार भएको प्रहरीले जनाएको छ ।

लामा र मोटरसाइकललाई आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यलय हरिवनमा राखिएको छ ।

पछिल्लो समय सिन्धुलीको मरिण र हरिहरपुरगढी गाउँपालिका र सर्लाहीको उत्तरी चुरे क्षेत्रमा उत्पादन भएको गाजा तस्करहरुले सर्लाहीको बाँके, लालबन्दी, नवलपुर, हरिवन र बागमती हुँदै भारत लैजाने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *