जनकपुरमा आलू र प्याजको कालोबजारी गर्ने ३ व्यापारी प्रहरीको फन्दामा
टुडेपाटी
जनकपुरधाम, चैत १२ गते ।
‘लक डाउन’को मौकाछोपी अालु र प्याजको कालोबजारी गर्ने ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकपुरधाम वडा नम्बर ४ वस्ने प्रदिप अग्रवाल, जनकपुरधाम वडा नम्बर ४ बस्ने अंकित साह र जनकपुरधाम वडा नम्बर ४ वस्ने बिकाश कुमार साह रहेका छन् ।
बजार अनुगमनको क्रममा विभिन्न चोकमा संचालनमा रहेका पसलहरुमा छापा मार्दा उपभोक्तालाई बढी मूल्यमा आलु र प्याबेचेको पाइएपछि उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
कोरोना संक्रमण रोक्न नेपाल सरकारले जारी गरेको लकडाउनको मौकाछोपी बजारमा उपभोग्य सामग्रीको अभाव सृजना गरि कालोबजारी भइरहेको छ ।