TodayPati

तीन पाकिस्तानी पत्रकारलाई कोरोना संक्रमण पुष्टि

टुडेपाटी-

इस्लामाबाद, चैत १२ गते ।

पाकिस्तानमा तीनजना पत्रकारलाई विश्व मै महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

Sponsored

पाकिस्तानका न्‍यूज २४ एचडी टीभीका दुईजना पत्रकार र अबतक टीभीका एकजना पत्रकारलाई भाइरसको संक्रमण देखिएको जनाएको छ ।

तीनैजना पत्रकारको नाम भने खुलाइएको छैन । उनीहरु पाकिस्तानको लाहोर र पूर्वी पञ्जाव प्रान्तमा कार्यरत थिए ।

यता, टिभी च्यानलका कार्यकारी निर्देशक मोहसिन नाकभीले भनेका छन्, ‘हामीले थप अरु पत्रकारहरुलाई अनुसन्धान गरिहरेका छौंं । उनीहरुलाई पनि व्‍यक्तिगत रुपमा परीक्षण गरी क्वारेन्टाइनमा पठाइसकेका छौ। हामी यसबारेमा पुरै तयारीका साथ लागेका छौं।’

Sponsored

यसका साथै उनले पत्रकारहरुको लागि आवश्यक स्वास्थ्य सुरक्षाका सामग्रीहरु अभाव रहेको जानकारी दिएका छन् ।

यस्तै पाकिस्तान पत्रकार महासंघका अध्‍यक्ष सिद्धिकी अन्जरका अनुसार, ‘ प्राय अधिकांश संवाददाताहरु अस्पतालबाट बिना सेफ्टी किड नै समाचारहरु सम्प्रेषण गरिहरेका छन् । हामीले सरकारसँग उनीहरुको उपचारको जिम्‍वारी लिन आग्रह गरेका छौ ।’

पत्रकारहरु काम गर्न सानो शहरमा जानु पर्ने र काम गरेबापतको तलब नपाउने गरेको उनले गुनासो समेत गरेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *